सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको बोगटानमा नेपाली सेनाद्धारा हेलिप्याड निर्माण, उद्घाटन हुन बाँकी

२०७९ पुष १८, ०९:०७ खबर संवाददाता

डोटी: डोटीको बोगटान फुड्सिल गाँउपालिकामा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ। बोगटान फुड्सिल गाउँपालिकासँगको समन्वयमा सिलगढी स्थित नेपाली सेनाको भैरवप्रसाद गणले हेलिप्याड निर्माण गरेको हो। गाउँपालिकाको केन्द्र चवराचौतारमा निर्माण गरिएको उक्त हेलिप्याड डोटीको सदरमुकाम बाहिरको पहिलो हेलिप्याड समेत हो।

हालै निर्माण सम्पन्न भएको हेलिप्याडको औपचारिक उद्घाटन हुन भने बाँकी छ। सदरमुकामबाट टाढा रहेको बोगटानमा निर्माण भएको उक्त हेलिप्याडले बिरामीको आकस्मीक उद्धारमा सहज हुने अपेक्षा गरीएको छ। नेपाली सेना र बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा मिति तय गरी हेलिप्याडको उद्घाटन गर्ने तयारी रहेको गणले जनाएको छ।

कमेन्ट लोड गर्नुस