सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल टी–२० लिग : काठमाडौंमाथि फार वेस्टर्नको सहज जित

२०७९ पुष ११, ०८:०३ खबर संवाददाता

काठमाडौं: नेपाल प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमवारकोे पहिलो खेलमा फार वेस्टर्न युनाइटेडले काठमाडौं नाइट्समाथि सहज जित हासिल गरेको छ। सोमबार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा फार वेस्ट युनाइटेडले काठमाडौं नाइट्सलाई ४ विकेटले पराजित गर्दै प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्यो।

टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौंले खराव ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्र बनाएको थियो। काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाउनु सर्वाधिक धेरै रनका रूपमा रह्यो। उनी बाहेक कप्तान ज्ञानेन्द्र मल्लले १३ रन बनाउँदा थप दोहोरो स्कोरका रूपमा सन्तोष कार्कीले १२ रन जोडेका थिए।

फार वेस्टर्नका लागि उमर अलिले ३ तथा हजमतुल्ला शहिदी र भुवन कार्कीले समान २–२ विकेट हात पारे। ९९ रनको सामान्य लक्ष्य पछ्याएको फार वेस्टर्नले १९.१ ओभरमा अलआउट हुँदै ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो। यस्तै सोमवारको दोस्रो खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्ग्सलाई पाँच विकेटले हराएको छ।

विराटनगरले दिएको एक सय ४१ रनको लक्ष्य जनकपुरले अन्तिम बलमा पाँच विकेट गुमाएर भेटायो। जनकपुरका लागि चाडविक वाल्टनले नटआउट ६९ रन बनाए। यस्तै ट्रेभन ग्रिफितले २५ र शराफउद्दिन असरफले २३ रन बनाए। लगातार दोस्रो जितसँगै जनकपुर तालिकाको दोस्रो स्थानमा पुगेको छ। दुवै खेल हारेको विराटनगर पुछारबाट दोस्रो स्थानमा छ।


 

कमेन्ट लोड गर्नुस