डोटीको केआई सिंहमा उद्योग बाणिज्य संघको उप–शाखा स्थापना
चक्र मल्ल– उद्योग बाणिज्य संघ डोटीले केआई सिंह गाउपालिकामा आफ्नो उप–शाखा स्थापना गरेको छ। स्थानीय स्तरमा व्यबसायिकता बढाउन तथा युवाहरुलाई व्यवसाय तथा उद्यम क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने उद्देश्यले केआई सिंह गाउपालिकामा उद्योग बाणिज्य संघको उप–शाखा स्थापना गरिएको हो। आईतवार एक औपचारी कार्यक्रमको आयोजना गरि गाउपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही कार्यालयको उद्घाटन गर्नु भएको छ।
कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले संघ बिगतदेखी नै संगठित भएर ब्यबसायिक हकहित तथा प्रबद्र्धन, स्थानीय बिकास, पर्यटन लोककला क्षेत्रको संरक्षण र प्रबद्र्धनमा लागिरहेको बताए। डोटी उद्योग बाणिज्य संघले केआईसिँह बाहेक जोरायल गाउँपालिकाको बुडर, पुर्बिचौकि गाउँपालिकाको सानागाउँ, सायल गाउपालिकाको डौडमा उपशाखा बिस्तार गरिसकेको छ भने बाँकी ठाउँमा केही समयभित्रै उपशाखा बिस्तार गर्ने जनाएको छ।