धनगढी–११ मा राइजिङ स्टार देवपुर क्रिकेट लिग–२०७९ सुरू
धनगढीः धनगढी–११ मा राइजिङ स्टार देवपुर क्रिकेट लिग–२०७९ सुरू भएको छ। बिहीबार सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले खेलको उद्घाटन गरेका हुन्। बेलादेवीपुरमा रहेको देवपुर युवा क्लवको आयोजना रहेको क्रिकेट लिगको प्रायोजक भने धनगढी-६ मटियारीमा रहेको राइजिङ स्टार इङ्लिस स्कुल रहेको छ।आयोजकले लिगमा १२ टोलीको सहभागीता रहेको जानएको छ।
पुस १० गतेसम्म सञ्चालन हुने खेलमा प्रथम र द्वितीय हुने टोलीलाई नगद १० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद ६ हजारसहित प्रमाणपत्र र ट्रफी पाउने देवपुर युवा क्लवका अध्यक्ष अशोक चन्दले बताए।
उद्घाटन कार्यक्रममा ११ नम्बर वडाका अध्यक्ष रुपक कुँवरसहित देवपुर युवा क्लवका पदाधिकारीको उपस्थिति रहेको थियो।