सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिया यू–१८ रग्बिमा नेपालले भारतलाई हरायो

२०७९ मंसिर २४, ०८:१४ खबर संवाददाता

काठमाडौंः एसिया रग्बि को आयोजना र नेपाल रग्बि संघको व्यवस्थापनमा शनिबारदेखि काठमाडौंमा सुरु भएको एसिया रग्बि यू–१८ सेभेन्स च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले भारतमाथि ऐतिहासिक जित निकालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पुल ए अन्तर्गत अन्तिम खेलमा नेपालले भारतलाई १२-१० को स्कोरले पराजित गरेको हो। सुरुवाती दुई खेल हारेको नेपालले उपाधि दाबेदार भारतलाई पराजित गर्दै जितको खाता खोलेको हो।

शनिबार भएको पहिलो खेलमै थाइल्याण्डसँग १५–७ ले पराजित भएको नेपाल दोस्रो खेलमा मलेसियासँग ३४–० ले पराजित भएको थियो।

कमेन्ट लोड गर्नुस