सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलारीमा फुटवल प्रतियोगिता हुँदै

२०७९ मंसिर २४, ०४:१५

धनगढीः कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा फुटबल प्रतियोगिता हुने भएको छ। इलाइट युथ क्लव कैलालीको आयोजनामा फुटवल प्रतियोगिता हुन लागेको हो।

आगामी पुस २५ गतेदेखि ३० गतेसम्म कैलारी गाउँपालिका वडा नम्बर ६ बनकट्टा खेलमैदानमा फुटवल प्रतियोगिता आयोजना हुने आयोजक इलाइट युथ क्लवका अध्यक्ष देवेन्द्र हमालले बताए।

कैलारी गाउँपालिका र धनगढी उप–महानगरपालिकाका खेलाडीहरुलाई समेटेर खुल्ला फुटवल प्रतियोगिता आयोजना गरिन लागेको अध्यक्ष हमालले बताए।

फुटवल प्रतियोगितामा १६ टिम सहभागी हुन पाउने छन्। प्रतियोगिताको बिजेताले ५० हजार नगदसहित ट्रफी मेडल प्राप्त गर्ने छन् भने उप बिजेताले २५ हजार नगदसहित ट्रफी मेडल प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट किपर, स्कोरलाई नगद २ हजार पुरस्कारको व्यवस्था गरिएको छ।

कमेन्ट लोड गर्नुस