सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी हुँ भन्दै अभद्र व्यवहार गर्ने २ नक्कली प्रहरी पक्राउ 

२०७९ मंसिर २३, ०८:०२ खबर संवाददाता

सन्धिखर्कः अर्घाखाँचीमा प्रहरी भन्दै अभद्र व्यवहार गर्ने २ नक्कली प्रहरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भुमिकास्थान नगरपालीका वडा नं ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका वडा नं ५ बागीका २० वर्षीय दिपक केसी रहेका छन्। 

 होटल तथा पसलमा चेकजाँच गर्ने, स्थानीय व्यक्तिलाई डर त्रासमा पारी गाली गलोज तथा अभद्र व्यवहार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल अर्घाखाँचीबाट प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

उनीहरूले नियन्त्रणमा लिई सोधपुछ गर्दा उल्टै प्रहरी माथी हापात, गाली गलौज तथा अभद्र व्यवहार गरेका थिए।

कमेन्ट लोड गर्नुस