सुदूर नेपाललाई विश्वसँग जोड्दै

इराकको पुनः निर्माणमा चीनले सघाउने

२०७९ मंसिर २३, ०४:०८


इराकः चीनले आन्तरिक द्वन्द्वबाट तहसनहस भएको इराकको पुनः निर्माणका निम्ति निरन्तर सहयोग गर्ने बताएको छ। साउदी अरबको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्रपति सी चिनफिङले आर्थिक क्षेत्रको पुनर्निर्माण, उद्योगहरूको स्थापना,इराकी जनताको जीवन यापनमा सुधार, दिगो विकासका निम्ति निरन्तर सहयोग गर्ने बताए।

इराकी प्रधानमन्त्री मोहम्मद शिहा अल सुडानीसँग आज यहाँ भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा मन्तव्य व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सीले इराकलाई सहयोग गर्ने बताइन। रासस

कमेन्ट लोड गर्नुस