सुदूर नेपाललाई विश्वसँग जोड्दै

संभावित क्षतिको अध्ययनमै आलटाल, भाँसिएको तटबन्ध समेत मर्मत भएन

दार्चुला सदरमुकाम खलङ्गा

२०७९ मंसिर २३, ११:५२

कमल सावद, धनगढीः दार्चुलामा २०७० असार २ गते ठुलो बाढी आएको थियो। विनासकारी बाढीले जिल्ला सदरमुकाम खलङ्गा र महाकाली नदीको स्वरुप नै बदल्ने काम गर्‍यो। बाढीले गत भदौमा पनि भौतिक र मानवीय क्षति भयो। तर संभावित क्षतिको अहिलेसम्म अध्ययनसम्म भएको छैन्। भारतले आफुअनुकुल निर्माण गर्दै आएको भौतिक संरचनाका कारण जिल्ला सदरमुकाम खलङ्गा जोखिममा रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

‘हेर्दै थाहा हुन्छ। अध्ययन भएको छैन्। पानी बढ्ने बित्तिकै पानी माथि आउँछ। कति क्षति हुने भन्ने एकिन छैन। भदौ २४ गते आएको विनासकारी बाढीले ठुलो क्षति ग¥यो। तट्बन्ध नै भत्किन पुग्यो। मर्मत हुनुपर्ने भएन। ८ मिटरको उचाईमा हाम्रो तट्बन्ध छ,’ उनले भने। संभावित क्षतिको अध्ययनमा भएको आलटालले जिल्ला सदरमुकाम उच्च जोखिमा रहेको स्थानीयको गुनासो छ।

दार्चुला सदरमुकाम खलङ्गा बजारमा कटान हुने गरि भारतीय पक्षले तटबन्ध बनाएर महाकाली नदीको धार नेपालतिर फर्काएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन्। भारतले पुरानो तटबन्ध हुँदाहुँदै कटानका कारण भारततर्फ पुगेको नेपाली भू–भाग मिचेर तटबन्ध बनाइँदा नेपालले निर्माण गरेको तटबन्ध भने पुरिएको देख्न सकिन्छ।

भारतले नदी बगरमा सडक र मैदान निर्माण गर्दा नेपालतिर पुरिएको र भाँसिएको तटबन्धको सोधीखोजी नै नभएकोे स्थानीयको गुनासो छ। नेपालतर्फ कुनै पनि निकायले सो क्षेत्रको प्राविधिक अध्ययन गरेको छैन। प्रमुख जिल्ला अधिकारी उपाध्यायले चार किलोमिटर क्षेत्रमा मात्र तट्बन्ध गरिएको बताए। तर पुरिएको क्षेत्रमा पुनः मर्मत गरिएको छैन्।

सदरमुकाम खलङ्गा डुबान र कटान हुने गरी भारतीय पक्षले महाकालीको धार नेपालतर्फ फर्काउने काम तत्कालका लागि रोकिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ। भारतको त्यो क्षेत्रमा ठुलो लगानीमा तट्बन्ध निर्माण गर्ने योजनाअनुसार काम भइरहेको थियो। नेपालतिरको तट्बन्धमा क्षति हुँदै आएपनि नयाँ तट्बन्ध निर्माणको योजना छैन्। भत्किएको तटबन्ध महाकाली नगरपालिकाले मर्मत गर्ने योजना बनाइएको छ।

नगरपालिकाका प्रवक्ता शंकरसिंह डोबालले वर्षातको समयमा तटबन्ध नै पुरिएकाले मर्मतको योजना बनाएको बताए। महाकालीमा एक/दुई क्षेत्रमा घरको सुरक्षाका लागि मात्र तटबन्धको योजना रहेको उनले बताए। ‘वर्षातको समयमा अध्ययनका लागि प्राविधिकलाई पठाएका छौ। तर काम सकिएको छैन। अध्ययन जारी नैै छ,’ उनले भने।

कमेन्ट लोड गर्नुस