सुदूर नेपाललाई विश्वसँग जोड्दै

निसन्तान दम्पतीलाई आईभीएफबाट तिम्ल्याहा प्राप्ति

२०७९ मंसिर २२, ०३:०० खबर संवाददाता

काठमाडौंः विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलराका ४५ वर्षीय विनोदकुमार झा र उनकी पत्नी रेखादेवी चिन्तामा थिए। विनोदले ३८ वर्षीया रेखालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ भौतारिए।

भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदा समेत यो दम्पतीले सन्तान पाउन सकेन। त्यसपछि उनीहरु नर्भिकको आईभीएफ सेन्टर पुगे। आईभीएफ सेन्टरमा टेष्टट्यूव बेबी प्रविधिबाट सन्तान प्राप्तिका लागि उनीहरूले गरेको प्रयास पहिलोपटकमै सफल भएको छ। रेखाले एकैपटक ३ सन्तानलाई जन्म दिएकी छन्।

झादम्पती करिब एक वर्षअघि उपचारका लागि नर्भिकको आईभीएफ सेन्टरमा आएका थिए। उनीहरूलाई विशेषज्ञ सेवा वरिष्ठ स्त्रीरोग एवम् टेष्टट्यूव बेबी विशेषज्ञ डा नूतन शर्माले दिएकी थिइन्। उनकै निगरानीमा रहेर झाले आईभीएफबाट तिम्ल्याहा सन्तान प्राप्ति गरेकी हुन्।


 

कमेन्ट लोड गर्नुस