सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई ५५ थान कपडा सहयोग

२०७९ मंसिर १९, ०६:४१ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई ५५ थान कपडा सहयोग गरिएको छ। धनगढी हसनपुरका पुष्पराज जोशीले ३० थान र  पुरानो भन्सार रोडकी दुर्गा बोगटीले २५ थान कपडा शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा दान गरेका हुन्।

उनीहरुले ५५ थान कपडा दान गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। बैंकमा संकलन भएको कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको छ।

कमेन्ट लोड गर्नुस