सुदूर नेपाललाई विश्वसँग जोड्दै

खोलामा डुबेर एक महिलाको मृत्यु

२०७९ मंसिर १५, ०९:१६ खबर संवाददाता

पाल्पा: पाल्पामा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ। रिब्दीकोट गाउँपालिका-१ जोगिथुमकी ४९ वर्षीया तिलाकुमारी कुमालको खोलामा डुबेर मृत्यु भएको हो।

मानसिक अवस्था ठीक नभएकी कुमालको रिब्दीकोटको सातमुरेस्थित रिडी खोलमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस