सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–७ को विशेषज्ञ वडा क्लिनिकमा २१५ जनाको उपचार    

फाइल फोटो
फाइल फोटो
२०७९ मंसिर १५, ०७:१५ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा २१५ जना बिरामीको उपचार गरिएको छ। बुधबार उक्त वडाको बेली सहरी स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा २१५ जना बिरामीको उपचार गरिएको हो।

उपमहानगरका अनुसार क्लिनिकमा १०१ जनाले जनरल फिजिसियनबाट सेवा लिएका छन्। त्यसैगरी २८ जनाले स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा, ८६ जनाले आँखा रोग सम्बन्धी र २३ जनालाई प्रयोगशाला सम्बन्धी सेवा प्रदान गरिएको छ।

क्लिनिकमा ९ जनाले अल्ट्रासाउन्ड, ८ जनाले ईसीजी र १५ जना गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। विशेषज्ञ वडा क्लिनिकबाट ७० वर्षमाथिका २६ जना वृद्धवृद्धालाई उपचार सेवा प्रदान गरिएको छ भने २० जना बिरामीलाई रेफर गरिएको छ।


 

कमेन्ट लोड गर्नुस