सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

२०७९ मंसिर १५, ०६:०५

एजेन्सी: चीनका पूर्वनेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ। चीनको सरकारी मिडियाका अनुसार उनी ल्यूकेमिया (ब्लड क्यान्सर) द्वारा पीडित थिए। यसका कारण उनको शरीरका थुप्रै अंगले काम गर्न बन्द गरेको थियो। त्यहि रोगका कारण उनको बुधबार निधन भयो।

जियाङ जेमिनलाई सन् १९८९ को तियानमेन स्क्वायरको विरोधपछि चीनको नेतृत्वका लागि छानिएको थियो। एनवाईटीको रिपोर्ट अनुसार सन् १९९३ मा सत्ता हासिल गरेपछि उनी करिब एक दशकसम्म चीनको सत्तामा रहिरहे। जियाङको निधन यस्तो समय भएको हो जब कोभिड प्रतिबन्धका कारण चीनका विभिन्न शहरमा भारी विरोध प्रदर्शन चलिरहेको छ। जियाङको शासनकालमा तियानमेन स्क्वायर विरोधपछि चीनमा कुनै ठूलो प्रदर्शन भएको छैन।

जियाङलाई सधैँ एक मेहनेती नेताको रुपमा हेरियो। उनले बिस्तारै चीनको कम्युनिष्ट पार्टीम सफलता हासिल गरे। उनको नेतृत्वमा नै चीनको अर्थव्यवस्था बलियो भयो र कम्युनिष्टले सत्तामा पकड बनाएर विश्व शक्तिको सूचीमा आफ्नो स्थान बनाए। जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए। उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए।

कमेन्ट लोड गर्नुस