सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१९ राष्ट्रिय क्रिकेटः सुदुरपश्चिम फाईनलमा

। फोटो स्रोत ।
२०७९ मंसिर १४, ०४:०५

काठमाडौं : १९ वर्ष मुनिको  राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई पराजित गरि सुदुरपश्चिम फाइनलमा पुगेको छ। सुदूरपश्चिम प्रदेश एक खेल अगावै फाईनल पुगेको हो।  सुदुरपश्चिमले मधेशलाई ७ विकेटले पराजित गरेका छ। 
मधेशले सुदुरपश्चिमलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको थियो। सुदुरपश्चिमले १८ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गरेको छ। सुदुरपश्चिमको जितमा दीपक बोहोराले ५८ बलमा ५३ रनको अर्धशतकीय ईनिङ खेले। दीपक बोहोराले २४ रन जोड्दा गजेन्द्र बोहोराले १० बलमा अविजित २३ रन जोडे। 

मधेशका लागि अविशेक तिवारीले २ तथा साइमन रोयले १ विकेट लिए। टियु क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको मधेशले ३८ दशमलव १ ओभरमा अलआउट हुदै एक सय २२ रन बनाएको थियो। मधेशका लागि अलि अन्सारीले ५६ बलमा ३२ रन जोड्दा इम्रान शेखले २८ रन जोडे। मयन यादवले २३ तथा डब्लु मल्लिकले ११ रन बनाए। मधेशका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउँन सकेनन्।

सुदुरपश्चिमका लागि नरेन साउँदले ९ दशमलव १ ओभरमा २४ रन खर्चिएर ५ विकेट लिए। हेमन्त धामीले ३ तथा युवराज खत्रीले २ विकेट लिए। अपराजित सुदुरपश्चिम आजको खेलमा जित हात पारेर एक खेल अगावै फाईनल पुगेको हो। पाँच खेलबाट सुदुरपश्चिमको १० अंक भएको छ। 

मधेश प्रदेश चार खेल अंक बिहिन रहेर अंक तालिकाको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिसकेको छ। प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ। 

सिंगल राउन्ड रोविनपछि शीर्ष दुई टोली मंसिर १९ मा फाइनल खेल्नेछन्। प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन्। यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार पाउने छन्।
 

कमेन्ट लोड गर्नुस