सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा मिनी ट्रक दुर्घटना, चालक फरार 

२०७९ मंसिर १४, १०:२६ खबर संवाददाता

धनगढी: डोटीमा मिनी ट्रक दुर्घटना भएको छ। जिल्ल्लाको दीपायल सिलगढी नगरपालिका-५ जिरो प्वाइन्टमा से१क ११५९ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो।

पसलको खुद्रा सामान बोकेको उक्त ट्रक सडकबाट करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ। प्रहरीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन। ट्रक चालक फरार रहेका र उनको खोजी भइरहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस