सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

२०७९ मंसिर १४, ०६:१३

एजेन्सी: भारतको बिहारस्थित कैमुर जिल्लाको एक विद्यालयका प्रधानाध्यापकमाथि एक नाबालिग बलात्कारको आरोप लागेको छ। अभियुक्त प्रधानाध्यापकलाई सोमबार पक्राउ गरिएको छ।

घटना अधौरा प्रहरी चौकी सिकरवार गाउँको हो। सिकरवार गाउँ जिल्ला सदरमुकाम भभुवाबाट करिब ६० किलोमिटर टाढा रहेको पहाडी क्षेत्र हो। १४ वर्षीया बालिका गत आइतबार साँझ आफ्ना केही साथीहरूसँग घरबाहिर खेलिरहेको पीडित परिवारको आरोप छ।

सोही वडामा पिपरीस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापकको घर पनि छ। यसैबीच प्रधानाध्यापकले बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार गरेका थिए। पीडित बालिका स्कूले विद्यार्थी हुन् तर उनी अर्कै विद्यालयकी विद्यार्थी हुन्।प्रहरीका अनुसार अभियुक्त प्रधानाध्यापक र बालिकाको परिवार एउटै जातका र छिमेकमा भएकाले दुवै एकअर्काको घरमा आउने गर्थे। प्रहरीका अनुसार दुई घरबीच राम्रो कुराकानी हुन्थ्यो।

अधौरा प्रहरी चौकीका इन्स्पेक्टर मनोजले बीबीसीलाई भने, ‘घटना आइतबार साँझ ४।३० बजे भएको थियो र हामीलाई साँझ ७:३० बजे यसबारे जानकारी दिइएको थियो। आरोपित प्रधानाध्यापकलाई सोमबार पक्राउ गरी जेल पठाएका छौँ।’

कमेन्ट लोड गर्नुस