सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ६ प्रतिशत बढी मत बदर 

२०७९ मंसिर १३, ०८:१६ खबर संवाददाता

बैतडी: मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचन अन्तर्गत बैतडीमा ६ प्रतिशत बढी मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ ७७ हजार ४६० मत खसेकोमा ४ हजार ९६२ मत बदर भएको छ। बदर मतको संख्या खसेको मतको ६.४० प्रतिशत छ।

यस्तै, प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार ७६१ मत खसेकोमा ५ हजार ४२१ मत बदर भएको छ। बदर मतको संख्या खसेको मतको ६.९७ प्रतिशत छ। प्रदेशसभा समानुपातिकतर्फ ७७ हजार ४२३ मत खसेकोमा ५ हजार ५५ मत बदर भएको छ। बदर मतको संख्या खसेको मतको ६.५२ प्रतिशत रहेको सहायक निर्वाचन अधिकृत तीर्थराज आचार्यले बताए।

प्रतिनिधिसभाको तुलानामा प्रदेशसभा प्रत्यक्षतर्फ भने कम मत बदर भएको छ। प्रदेशसभा १ मा प्रत्यक्षतर्फ ४० हजार १५५ मत खसेकोमा २ हजार १३ मत बदर भएको छ। बदर मतको संख्या खसेको मतको ५ प्रतिशत रहेको छ।प्रदेशसभा २ मा प्रत्यक्षतर्फ ३७ हजार २८० मत खसेकोमा १ हजार ८२० मत बदर भएको छ। बदर मतको संख्या ४.८८ प्रतिशत रहेको छ। 

कमेन्ट लोड गर्नुस