सुदूर नेपाललाई विश्वसँग जोड्दै

इटालीमा भीषण पहिरो, आपतकाल घोषणा

२०७९ मंसिर १२, ०६:०९

एजेन्सी: इटालीको सरकारले इस्चियाको दक्षिणी टापुमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको र दर्जनौं बेपत्ता भएपछि आइतबार आपत्काल घोषणा गरेको छ। माटो र भग्नावशेषको छालले शनिबार बिहान सबेरै देशको सानो शहर कासामिचियोला टर्मेमा एउटा घर र थुप्रै कारहरूलाई बगाएको स्थानीय  सञ्चार माध्यमले जनाएका छन्। 

नागरिक सुरक्षा मन्त्री नेलो मुसुमेसीले जनाएअनुसार आपतकालीन मन्त्रिपरिषद बैठकको २० लाख युरो राहत कोषको घोषणा गर्दै आपतकालीन अवस्था घोषणा गरेको छ। दुई सयभन्दा बढी उद्धारकर्ताहरू अझै एक दर्जन बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा संलग्न छन् भने सयौं स्वयंसेवकहरू सडक सफा गर्न व्यस्त देखिन्छन्। 

इटालियन समाचार एजेन्सी एजीआईका अनुसार उद्धारकर्ताहरूले ३१ वर्षीया महिलाको शव फेला पारेका छन्। ४५ वर्षीय साल्भाटोर लोरिनीले पहिरोले त्रासदी ल्याएको बताएकी छिन्। 

कमेन्ट लोड गर्नुस