सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वकप फुटबलः दुई युरोपियन प्रतिद्वन्द्वी फ्रान्स र डेनमार्क, कसले मार्ला बाजी ?

२०७९ मंसिर १०, ०४:५५ खबर संवाददाता

काठमाडौंः विश्वकप फुटबलमा  युरोपियन बलिया दाबेदार फ्रान्स र डेनमार्क आज राति ९ः४५ मा प्रतिस्पर्धा गर्दै छन्। साबिक च्याम्पियन फ्रान्स र डेनमार्क दुवै आफ्नो दोस्रो खेलमा तीन अंकका लागि मैदानमा हुने छन्।

फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई सहज रुपमा पराजित गरेकाले आत्मविश्वासी हुँदा डेनमार्क भने पहिलो जितको प्रतीक्षामा रहेको छ। युरोपियन च्याम्पियनसिपमा दबदबा बनाएको डेनमार्क फ्रान्सको जित यात्रामा ब्रेक लगाउँदै अघि बढ्न चाहन्छ। ट्युनिसियासँग गोल रहित बराबरीमा रोकिएकाले पनि समूह डी मा आफ्नो नकआउटको लक्ष्यलाई कायम राख्न फ्रान्सलाई हराउने दबावमा हुनेछ। फ्रान्स भने पहिलो खेलमा अस्ट्रेलियालाई  ४/१ ले हराएर पहिलो खेलबाट रबाफिलो प्रस्तुति दिन सफल भएको थियो।

अहिलेसम्मको खेलमा फ्रान्स ३ अंक जोडेर शीर्ष स्थानमा रहँदा डेनमार्क १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। हेड टु हेड मा फ्रान्स र डेनमार्कबीच अहिलेसम्म १६ पटक प्रतिस्पर्धा हुँदा फ्रान्सले ८ खेल जित निकालेको छ। डेनमार्कले ६ खेल जितेको छ। दुई खेलमा बराबरीको नतिजा निस्किएको थियो। त्यसैले यि दुईबीचको खेल रोमाञ्चक हुने आंकलन गरिएको छ।

कमेन्ट लोड गर्नुस