सुदूर नेपाललाई विश्वसँग जोड्दै

कितियाले सगरमाथामा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर नक्कली

२०७९ मंसिर १०, ०४:३६ खबर संवाददाता

काठमाडौंः विश्वको अल्पाइन क्षेत्रमा चिनिएको म्यागाजिन अल्पाइन म्यागाजिनले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्बिर नक्कली भएको अनुसन्धान गरेको छ। तीन तस्बिर नक्कली पृष्ठभुमिमा खिचिएको प्रमाण भएको भन्दै अल्पाइन म्यागाजिनले शुक्रबार प्रकाशित गरेको समाचारले अमेरिकी  कितिया पावलोव्स्की नै नक्कली भएको अनुमान गरेको छ।

यस अगाडि कुनै वन्यजन्तु फोटोग्राफीमा काम गरेको तस्बिर पनि नभएको भन्दै म्यागाजिनले फोटोग्राफर नै नक्कली भएको उल्लेख गरेको छ। म्यागाजिन भन्छ, ‘किटिया वन्यजन्तु फोटोग्राफीमा भन्दा फोटोसपमा अब्बल देखिएकी छिन्।’

उनको इन्टाग्राममा प्रयोग भएर विभिन्न मिडियामा आएको तस्बिर विभिन्न तस्बिरहरुको जोडजाड भएको म्यागाजिनले अरु तस्बिरको तुलना गरेर राखेको छ।

फ्रान्सेली र अङ्ग्रेजी भाषाको म्यागाजिनले स्थापित अन्तर्राष्ट्रिय फोटोग्राफरको तर्कमा पनि तस्बिर नक्कली भएको उल्लेख गरेको छ। किटियाको इन्टाग्राममा सगरमाथा क्षेत्रको दाबी गरिएको नक्कली तस्बिर मात्रै भएकोले नक्कली भएको म्यागाजिनको अनुसन्धानले देखाएको छ।

अल्पाइनमा तस्बिर आएपछि आफ्नो पुरानो पोस्टमा उनले नक्कली भएको क्लियर गर्दै नोट लेखेकी छिन् । आफ्नो तस्बिर सक्कली नभएर एडिटिङको तरिका सिक्ने आधार मात्रै भएको नोटमा लेखिएको छ।

कमेन्ट लोड गर्नुस