सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्पले इण्डोनेसियाको जमिन बगायो, ३१० जनाको मृत्यु 

२०७९ मंसिर १०, ०३:५६ खबर संवाददाता

एजेन्सीः इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमवार गएको ५।६ म्याग्निच्युडको भूकम्पमा परेर हालसम्म ३१० जनाको ज्यान गएको छ।

दिउँसो १ बजेर २१ मीनेट जाँदा पश्चिमी जाभाको सियानजुर क्षेत्रमा गएको भूकम्पमा धेरै जना हराएका छन्। भूकम्पका कारण कम्तिमा दुई हजार ४३ जना घाइते भएका छन् भने ६१ हजारभन्दा बढी विस्थापित भइसकेका छन्। 

विनाशकारी भूकम्प जाँदा लिइएको भूउपग्रहको भिडियोमा केन्द्रबिन्दु वरिपरिको भूभाग डरलाग्दो तरिकाले बगेको देखिएको छ। उक्त क्षेत्रको जमिन र जमिनमाथिका भवन, कृषियोग्य जमिन बगेर पछि भिषण पहिरोमा परिणत भएको थियो। सोही पहिरोमा परी धेरै जनाको ज्यान गएको छ भने कैयौं हराइरहेका छन्।

कमेन्ट लोड गर्नुस