सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो हाफमा कतार १–० ले पछाडि

२०७९ मंसिर ९, ०८:०० खबर संवाददाता

काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ को खेलको पहिलो हाफमा सेनेगलले आयोजक कतारमाथि १–० गोलको अग्रता लिएको छ।

अल थुमामा स्टेडियममा जारी खेलमा सेनेगलका लागि ४१औं मिनेटमा बोउलाए डियाले गोल गरे। पहिलो खेलमा हार खेपेको दुवै टोलीलाई अघिल्लो चरणमा पुग्न आजको खेल जित्नुपर्ने आवश्यक छ।

समूहको पहिलो खेलमा कतार इक्वेडरसँग २–० गोलले पराजित भएको थियो । यस्तै सेनेगलले नेदरल्यान्ड्ससँग २–० गोलले नै हार खेपेको थियो। एजेन्सी

कमेन्ट लोड गर्नुस