सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा एक घरमा आगलागी हुँदा १० जनाको मृत्यु, ९ घाइते

२०७९ मंसिर ९, ११:३२

एजेन्सी: उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन्। एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्।

अधिकारीहरूका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो। उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो। यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः ३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो। यस आगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस