सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिफा विश्वकप फुटबल : ब्राजिलले सर्बियालाइ हरायो

२०७९ मंसिर ९, १०:०६

पाँचपटकको विश्वकप च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा सर्बियालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ। कतारको लुसाइल स्टेडियममा आज बिहान भएको खेलमा सर्बियालाई २–० गोलअन्तरले हराउँदै ब्राजिलले विजयी सुरुआत गरेको हो। ब्राजिलको जितमा दुवै गोल रिचार्लिसनले गरेका छन्।

उनले खेलको ६२औँ मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिएका थिए भने,त्यसपछि खेलको ७३औँ मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को जित दिलाएका थिए। जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै तीन अङ्क जोडेको छ।कतार विश्वकपमा आज चार खेल हुँदैछ। समूह चरणअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेल हुनेछन। पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ। उक्त  खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुने छ। 

त्यस्तै दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुने छ। कतार र सेनेगलबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ  भने तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुने छ। समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। त्यस्तै चौथो खेलमा समूह ‘बी’ मा रहेको इङ्ग्ल्याण्डले अमेरिकाको सामना गर्नेछ। उक्त खेल राति १२ः४५ बजे सुरु हुनेछ।  रा स स   

                                                                                                                                     

कमेन्ट लोड गर्नुस