कञ्चनपुर २ को प्रदेशसभा (२) मा बहादुर विजयी
२०७९ मंसिर ७, ०६:१८
महेन्द्रनगरः कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा २ मा वाम लोकतान्त्रिक गठबन्धन (कांग्रेस) का उम्मेदवार बहादुरसिंह थापा विजयी भएका छन्।
थापाले एमाले उम्मेदवार कृपाराम रानालाई १ हजार ७२६ मतले पछि पार्दै जित निकालेका हुन्।
थापाले १० हजार ६६८ मत प्राप्त गरे। प्रतिस्पर्धी रानाले ८ हजार ९४२ मत पाए।
कमेन्ट लोड गर्नुस