सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–१ मा तामाङ दोब्बर मतले अगाडि

२०७९ मंसिर ७, ०९:३८ खबर संवाददाता

धनगढीः कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारालामा तमाङको दोब्बर मतले अगाडि गएका छन्। प्रतिनिधि सभाको १४७६३ मत सदर भएकोमा तमाङले ८०६८ मत ल्याएका छन्।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ४३६२ मत ल्याएकी छिन्। तामाङ लामा भन्दा ३७०६ मतले अगाडि छन्। प्रतिनिध सभाको ९२५ मत बदर भएको छ। 

प्रदेशसभा (१)मा पनि एमाले उम्मेदवार वीरबहादुर थापा अगाडि छन्। प्रदेश सभाको १३२४३ मत सदर भएकोमा थापाले ६६३६ मत ल्याएका छन्। थापाका प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ३ हजार ९९४ मत ल्याएका छन्। 

प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह विष्ट अगाडि छन्। ११८७८ मत सदर भएको प्रदेश सभा ९२० मा उनले ३ हजार ९४९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका पल्लवराज भट्टले ३ हजार ६२३ मत ल्याएका छन्।

कमेन्ट लोड गर्नुस