सुदूर नेपाललाई विश्वसँग जोड्दै

सट्टेबाजी गरेको अभियोगमा क्रिकेट मैदानबाटै ३ दर्जन बढी मानिस समातिए

२०७९ मंसिर २, ०२:३१ खबर संवाददाता

काठमाडौंः त्रिवि क्रिकेट मैदानमा नेपाल र युएई बिचको खेल जारी रहँदा प्रहरीले सट्टेबाजी गरेको अभियोगमा केही मानिसलाई पक्राउ गरेको छ। बल र ओभरको आधारमा समेत सट्टेबाजी गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले केही मानिसलाई पक्राउ गरेको हो।

'४०/५० जनालाई पक्राउ गरेका छौं। अनुसन्धान भइरहेको छ,' व्यूरोका प्रमुख एआइजी उत्तमराज सुवेदीले भने। नेपाल र यूएईबीच जारी एकदिवसीय सिरिजको तेस्रो निर्णायक खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु भएको हो। सिरिज १/१ को बराबरी भएको अवस्थामा आजको खेल निर्णायक बन्ने छ।

सिरिजको पहिलो खेलमा सोमवार सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा नेपाली टोली यूएईसँग ८४ रनले पराजित भएको थियो। त्यस्तै, दोस्रो खेलमा बुधवार नेपालले ३ विकेटको जित निकालेको थियो।

कमेन्ट लोड गर्नुस