सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धन २० वर्ष टिक्छः देउवा

तस्बिर : अन्नपूर्ण
तस्बिर : अन्नपूर्ण
२०७९ कार्तिक ३०, ०९:४४ खबर संवाददाता

बैतडी: प्रधानमन्त्री देउवाले यो गठबन्धन १५ देखि २० वर्षसम्म टिक्ने दाबी गरेका हुन्।  बैतडीको शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा बुधबार लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक बाम गठबन्धनले देशलाई स्थायित्व दिने बताएका छन्। 'यो गठबन्धन १५–२० वर्ष टिक्छ, देश समुन्नत बन्छ, यो गठबन्धनले जितेमा देश नयाँ बाटामा अघि बढ्छ,' प्रधानमन्त्री देउवाले भने। 

यसैगरी उनले एमाले अध्यक्ष ओली विरोध सहन नसक्ने नेता रहेको आरोप लगाए। 'ओलीजी विरोध सहन सक्दैनन्, कसैले विरोध गरिहाले संसद भंग गरिदिन्छन्,' देउवाले भने। नेपाल जलस्रोतको धनी देश रहेकाले विद्युत् उत्पादनमा जोड दिने र विद्युत् बेचेरै नेपाल समृद्ध बनाउन सकिने उनले बताए। 

 

कमेन्ट लोड गर्नुस