सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवको आम्दानी ३५ लाख ६९ हजार

२०७५ चैत्र ४, ०४:५१ कमल सावद

कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ। उद्योग वाणिज्य संघ कैलालीको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गदै ३५ लाख ६९ हजार ८ सय ७१ रुपैयाँ बचत भएको जानकारी दिइएको हो। उद्योग वाणिज्य संघले माघ २१ गते देखि फागुन ५ गते सम्म आयोजना गरेको सुदूरपश्चिम महोत्सवमा एक करोड २३ लाख ६८ हजार आम्दानी भएकोमा ८७ लाख ९९ हजार खर्च भएको विवरण सर्वजनिक गरेको हो।

कैलाली उद्योग वाणिज्य संघले यो पटकको महोत्सवमा सबै भन्दा बढि रकम बचत गरेको दावी गरेको छ। संघका पदाधिकारीले खर्चमा कटौति गरेको अध्यक्ष पुष्पराज कुँवरले बताए। बचत भएको ३५ लाख ६९ हजारबाट नयाँ कामका लागि समितिमा छलफल गर्ने उनको भनाई थियो। कैलाली उद्योग वाणिज्य संघ व्यवसायीहरुको साझा संस्था भएकाले बस्तुगत संघका कार्यालयहरु पनि उद्योग वाणिज्य संघमा स्थापनाका लागि रकम खर्च गर्ने तयारीमा संघ रहेको वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए। 

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस