सुदूर नेपाललाई विश्वसँग जोड्दै

आरिफ र गुलशनको ब्याटिङमा नेपाल विजयी

२०७९ कार्तिक ३०, ०५:२५ खबर संवाददाता

काठमाडौँः आरिफ शेख र गुलशन झाले अर्धशतकीय साझेदारी गरेपछि नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईलाई ३ विकेटले पराजित गरेको छ। आरिफ र गुलशनले सातौं विकेटको साझेदारीमा ६२ रन जोडेपछि नेपालले १ सय ९२ रनको लक्ष्य ४७।५ ओभरमा पुरा गर्‍यो।

गुलशनले ३७ रन बनाए। उनले ४९ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। आरिफ ३३ रनमा अविजित रहे। उनले ५८ बल खेल्दै ३ चौका प्रहार गरे। विजयी चौका प्रहार गरेका सोमपाल १६ बलमा १६ रन बनाए । उनले २ चौका प्रहार गरे।

यो नतिजासँगैं नेपालले तीन खेलेको शृंखला १–१ बराबरीमा ल्याएको छ। पहिलो खेलमा नेपाल ८४ रनले पराजित थियो। तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ।

कमेन्ट लोड गर्नुस