सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले सेवामा ४० प्रतिसत छुट दिने

२०७९ कार्तिक २९, ०६:५५ खबर संवाददाता

धनगढी: धनगढीको गौरीशंकर डेन्टल क्लिनिकले दाँत उपचारमा ४० प्रतिसत छुट दिने भएको छ।

मंगरबार पत्रकार सम्मेलन गर्दै क्लिनिक सञ्चालक रतन एसकेले पत्रकार र तिनका परिवारका सदस्यको दाँत उपचारमा ४० प्रतिसत छुट दिने बताएका हुन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर-१ को पूरानो कैलाली अस्पताल पछाडि रहेको क्लिनिकमा दन्त चिकित्सा क्षेत्रका विभिन्न विषयहरूमा विशिष्टता हाँसिल गरेका अनुभवी चिकित्सकहरूको समूहद्वारा अत्याधुनिक प्रविधिको प्रयोग गरि सामान्य तथा विशिष्ठ दन्त चिकित्सकिय सेवा प्रदान गरिनेछ।

क्लिनिकमा दाँत परीक्षण गर्ने, दाँत भर्ने, नमिलेको दाँत मिलाउने, नयाँ दाँत राख्ने, दाँत स्वास्थ्य राख्न परामर्श दिने, मुख तथा गिजाको उपचार हुने उनले बताए। त्यस्तै, दाँत सम्बन्धी शल्यक्रिया, दाँतको खोल राख्ने, बच्चाको दाँतको विशेष उपचार हुने उनले बताए।

अस्पताल लाइनमा रहेको क्लिनिक सडक विस्तार हुने क्रममा पूरानो कैलाली अस्पताल पछाडि सरेको हो। क्लिनिकको नयाँ शाखा कैलालीको हसुलियामा खोल्ने तयारीसमेत भइरहेको सञ्चालक एसकेले बताए।
 

कमेन्ट लोड गर्नुस