सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्ट वाणी

२०७९ कार्तिक २८, ०१:२२

-आयुष्मा जोशी

भ्रष्ट र आचारको सन्धि हुँ म
आयात राम्रो नभएको वा खस्किएको कारोबार हुँ म

कानुनविरुद्ध गरिने व्यवहार हुँ म
र कु बुद्धिको परिणाम हुँ म

म भ्रष्टाचार हुँ
पतित आचरण र दुषित मर्यादा 
मुख्य गुण हो मेरो

राष्ट्रिय अस्मितालाई धरापमा पार्नसक्ने क्षमता छ ममा
म विकास निर्माणमा आउने ठुलो अवरोध हुँ

म भ्रष्टाचार हुँ

म मस्तिष्कलाई भ्रष्ट बनाउँछु
मनुष्यलाई घुसखोर बनाउँछु, गरिवको शत्रु हुँ म
म भ्रष्टाचार हुँ

कमेन्ट लोड गर्नुस