सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ कार्तिक २७, ०५:०३ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार कुल नमुनामध्ये सात सय ७४ जनाको पिसिआर र १२ सय २१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो। यसअवधिका ३० जना संक्रमणमुक्त पनि भएको छन्। नेपालमा हाल पाँच सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  
 

कमेन्ट लोड गर्नुस