सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप १० जनामा कोरोना पुष्टि

२०७९ कार्तिक २५, ०४:४५ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाबाट एक हजार ३३९ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५४६ रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। 
 

कमेन्ट लोड गर्नुस