सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१० को विशेषज्ञ वडा क्लिनिकमा १६३ जनाको उपचार   

२०७९ कार्तिक २४, ०९:४५ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १० मा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा १६३ जना बिरामीको उपचार भएको छ। बिहीबार उक्त वडाको घुइयाघाट स्वास्थ्य सेवा केन्द्रमा सञ्चालित विशेषज्ञ वडा क्लिनिकमा १६३ जना बिरामीको उपचार भएको हो।

क्लिनिकमा ७० जनाले जनरल फिजिसियनबाट सेवा लिएका र २७ जनाले स्त्री तथा प्रसुती रोग विशेषज्ञको सेवा लिएको उपमहानगरले जनाएको छ। यस्तै, वडा क्लिनिकमा ६६ जनाले आँखा रोग सम्बन्धी सेवा लिएको र १२ जनालाई प्रयोगशाला सम्बन्धी सेवा प्रदान गरिएको उपमहानगरले जनाएको छ।

क्लिनिकमा १३ जनाले अल्ट्रासाउन्ड, ६ जनाले ईसीजी र १७ जना गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। विशेषज्ञ वडा क्लिनिकबाट ७० वर्षमाथिका २० जना वृद्धवृद्धालाई उपचार सेवा प्रदान गरिएको छ भने १९ जना बिरामीलाई रेफर गरिएको छ।
 

कमेन्ट लोड गर्नुस