सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ कार्तिक २४, ०७:३७ खबर संवाददाता

काठमाडौँ: पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एक हजार ८३७ जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

यस्तै, १३ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५६३ जना रहेको छ।

कमेन्ट लोड गर्नुस