सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा मतदान अधिकृत तोकिए

२०७९ कार्तिक २४, ०५:०३ खबर संवाददाता

धनगढी: बैतडीमा मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्। आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका हुन्।

२१० ओटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका र तालिम दिने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए। उनले यही कार्तिक २६, २७  र २८ गते मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि तालिम सञ्चालनको तयारी भएको बताए।

उनका अनुसार पुर्चौडी नगरपालिका, सिगास र डिलाशैनी गाउँपालिकामा खटिनेको तालिम २६ गते राखिएको छ। त्यस्तै, पञ्चेश्वर, सुर्नया, शिवनाथ गाउँपालिका, मेलौली र पाटन नगरपालिकाको वडा नम्बर ७, ९ र १० मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम २७ गते राखिएको छ।

त्यसैगरी २८ गते पाटनका बाँकी वडा, दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम राखिएको छ। तालिमपछि नियुक्ति दिएर कार्यस्थलमा खटाइने जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए। 

कमेन्ट लोड गर्नुस