सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको वडा क्लिनिकमा एक सय ७४ जनाले लिए सेवा

२०७९ कार्तिक २४, ०७:१७ खबर संवाददाता

धनगढीः धनगढी उप–महानगरपालिकाले सञ्चालन गरेको वडा क्लिनिकमा एक सय ७४ जनाले सेवा लिएका छन्। उप–महानगरपालिकाको वडा नम्बर ५ को आधारभुत स्वास्थ्य सेवा केन्द्रमा बुधबार सञ्चालन गरिएको क्लिनिकमा एक सय ७४ जनाले स्वास्थ्य सेवा लिएका हुन्। 
धनगढी उप–महानगरपालिकाका अनुसार ७५ जनाले जनरल फिजिसियन, २८ जनाले स्त्री तथा प्रसुती रोग विशेषज्ञ, ७१ जनाले आँखा रोग, १८ जनाले प्रयोगशाला, ६ जनाले  अल्ट्रासाउंड, ५ जनाले ईसिजी र ७ गर्भवती महिलाले सेवा लिएका छन्। ७० वर्ष माथिका २९ जनाले सेवा लिएका छन भने २५ जनालाई रिफर गरिएको छ। 


 

कमेन्ट लोड गर्नुस