सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेती र पञ्चेश्वर बनेपछि सुदूरपश्चिमको कायापलट हुन्छ : देउवा

२०७९ कार्तिक २३, ०८:५१ खबर संवाददाता

बैतडी: प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना निर्माण सकिएपछि सुदूरपश्चिमको कायापलट हुने बताएका छन्। बैतडीको पाटनमा लोकतान्त्रिक–वाम गठबन्धनले बुधबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस सभापति रहेका देउवाले पश्चिम सेती निर्माणको काम अगाडि बढिसकेको बताए।

उनले भने, ‘भारतीय कम्पनीसँग सम्झौता गरेर पश्चिम सेती परियोजनाको काम अघि बढेको छ। यो निर्माण सम्पन्न भएपछि सुदूरपश्चिममा कायापलट हुनेछ। किनभने पश्चिम सेतीको आम्दानी सुदूरपश्चिमको हुन्छ।’

यस्तै, प्रधानमन्त्री देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अघि बढ्ने बताए। यो कामकोालागि भारतीय प्रधानमन्त्रीसमेत इच्छुक रहेको उनले बताए। उनले बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगीक क्याम्पस बनाइने पनि बताए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने बजेटमा सुदूरपश्चिमले प्राथमिकता पाउने आश्वासन दिए। पश्चिम सेती र झुलाघाटमा मोटरबेल पुल निर्मााण अगाडि बढाउने उनले बताए।

कमेन्ट लोड गर्नुस