थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि
२०७९ कार्तिक २१, ०७:३३
काठमाडौं: देशभर थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ५४८ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो।
त्यस्तै, थप ८ जना निको भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७७ पुगेको छ।
कमेन्ट लोड गर्नुस