तोलामा ४०० ले घट्यो सुनको मूल्य
२०७९ कार्तिक १७, ०५:४३
काठमाडौँ: बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य १० रूपैयाँले घटेको हो।
आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ कायम छ। आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेर तोलामा १२ सय १५ रूपैयाँ कायम भएको छ।
कमेन्ट लोड गर्नुस