तोलामा ५ सयले बढ्यो सुनको मूल्य
२०७९ कार्तिक १६, ०८:२७
काठमाडौं: बुधबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो।
महासंघले बुधबारका लागि छापावाल सुनको खरिद बिक्री मूल्य ९३ हजार ६ सय, तेजावी सुनको ९३ हजार एक सय र चाँदीको मूल्य १२ सय २५ रुपैयाँ तोकेको छ।
कमेन्ट लोड गर्नुस