सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन चाँदीको मूल्य बढ्यो

२०७९ कार्तिक १५, ११:५४ खबर संवाददाता

काठमाडौंः  मंगलबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ।

महासंघकाअनुसार मंगलबारको कारोबारका लागि छापावाल सुनको मूल्य ९३ हजार एक सय, तेजावी सुनको मूल्य ९२ हजार ६०० र चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोला तोकिएको छ।

सोमबार छापावाल सुनको मूल्य ९३ हजार, चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

कमेन्ट लोड गर्नुस