आयात प्रतिबन्ध हटाउन विश्व बैंकको सुझाव
काठमाडौँः दिगो आर्थिक विकासका लागि नेपालले वित्तीय, संघीय, व्यापार, विकास, लगानी लगायत विभिन्न क्षेत्रमा अपनाउनुपर्ने अल्पकालीन नीतिबारे विश्व बैंकले सुझाव दिएको छ ।
सरकारले विभिन्न वस्तुहरूको आयातमा लगाउँदै आएको प्रतिबन्ध हटाउनुपर्ने बैंकको सुझाव छ। ‘नेपालले सक्रिय रूपमा बाहिरी माग घटाएर आयात नियन्त्रण गर्नुपर्छ,’ विश्व बैंककी वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रुक्सले भनेकी छन्, ‘यसका लागि आवश्यता परेको बेला ब्याजदर बढाइ, पुनः कर्जाको सुविधा घटाउँदै बैंकको नियमाकिय प्रावधान कायम गर्नुपर्छ।’
विश्व बैंकले विद्युतको खपत बढाउनुपर्ने, नेपाल र भुटानको जलविद्युत् परियोजना थप विस्तार गर्नुपर्ने, प्रत्यक्ष वैदेशिक लगाउन भित्र्याउन नीतिगत सुधार गर्नुपर्ने लगायत सुझाव दिएको छ।