सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्यासेजको रिप्लाइ नदिँदा छुरा प्रहारको धम्की !

२०७९ कार्तिक १३, ०२:१० खबर संवाददाता

एजेन्सीः समाजमा प्रविधिको विकाससँगै विभिन्न नयाँ नयाँ चुनौती पनि थपिएका छन्। सुन्दा अनौठो लाग्ने यस्तै घटना छ जापानको। जहाँ एक महिलाले आफूले मन पराएको पुरुषलाई पठाएको म्यासेजको रिप्लाइ नदिँदा छुरा प्रहारको धम्की दिएकी छन्। यही धम्कीले उनी पक्राउ परेकी छन्। 

ती महिलाले तीन दिनमा ४१३ टेक्स्ट म्यासेज पठाएकी थिइन। तर उनको म्यासेज रिसिभ गर्ने पुरुषले रिप्लाइ नगरेपछि उनले छुरा प्रहारको धम्की दिएकी हुन्। छुरा प्रहार गर्ने धम्कीसहित फुकुओका प्रिफेक्चरल प्रहरीको यानागावा प्रहरी स्टेशनले शहरको शिक्षा बोर्डमा कार्यरत यानागावा निवासी ३९ वर्षीया मिचियो साकाकीले आफूले मनपर्ने एक पुरुषलाई पछ्याउदै तीन दिनमा ४१३ भन्दा बढी इमेल पठाइ स्टकर नियमन कानून उल्लंघन गरेको आरोपमा अक्टोबर २८ मा यानागावा प्रहरी स्टेशनले पक्राउ गरेको हो। 

'साकाकीलाई अक्टोबर ८ र १० का बीच प्रिफेक्चरमा एक २९ वर्षीय पुरुषको सेलफोनमा ४१३ म्यासेज पठाएको आरोप छ,' जसमा एउटा म्यासेजमा भनिएको थियो, 'कृपया मलाई जवाफ दिनुहोस्, केवल एक शब्द भएपनि ठीक छ।' 

उनले फेरि पनि अक्टोबर २८ को बिहान आफ्नो कार्यस्थलमा फोन गरेर भनिन्, 'म तिमीलाई छुरा हान्नेछु।'संदिग्धले स्पष्ट रूपमा आरोपहरू स्वीकार गर्दै प्रहरी समक्ष भनिन, 'मैले उसलाई मन पराएकोले यस्तो म्यासेज लेखेकी हुँ।'

यानागावा सिटीका अनुसार साकाकी नगरपालिकाको पुस्तकालयमा अंशकालिक कर्मचारी हुन्। उनले सेप्टेम्बरमा पहिलो पटक घरजग्गा एजेन्टलाई भेटेको भएपनि तिनीहरू सम्बन्धमा थिएनन्। महानगरीय प्रहरी विभागले साकाकीलाई अक्टोबर ११ मा सम्पर्क गरेर म्यासेज नपठाउन चेतावनी समेत दिएको थियो।


 

कमेन्ट लोड गर्नुस