सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य स्थिर

२०७९ कार्तिक ७, १०:५६ खबर संवाददाता

काठमाडौँः नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ। महासंघका अनुसार आज सोमबार शनिबारकै भाउमा सुनचाँदीको कारोबार हुने भएको हो।

साताको शनिबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम थियो। यही मूल्यमा साताको आइतबार समेत कारोबार भएको थियो। जुन, आज सोमबार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ।

कमेन्ट लोड गर्नुस