सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज प्रधानमन्त्री देउवासहित गठबन्धनका नेताको टोली धनगढी आउँदै 

२०७९ कार्तिक ६, ०७:१५ खबर संवाददाता

धनगढीः सत्ता गठबन्धन दलका नेताहरु धनगढी आउने भएका छन्। उनीहरु आईतबार सुदूरपश्चिमको अस्थायी मुकाम समेत रहेको धनगढी आउन लागेका हुन्। सत्ता गठबन्धन दलद्धारा आयोजना हुन लागेको प्रादेशीक चुनावी सभालाई सम्बोधन गर्न उनीहरु धनगढी आउन लागेका हुन्। १२ः३० मा सुरु हुने कार्यक्रम धनगढी चटकपुरमा रहेको सौराई स्क्वाइरमा हुने छ। 

धनगढीमा आयोजना हुने सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु आउन लागेको काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले जानकारी दिए। गठबन्धनका शीर्ष नेताहरु पहिलोपटक एकैसाथ यहाँ आउदैछन्। टोलीको आजै हेलिकोप्टरबाट सुर्खेत जाने कार्यक्रम रहेको कांग्रेसका एक नेताले बताए। 

कमेन्ट लोड गर्नुस