सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ 

फाइल फोटो
फाइल फोटो
२०७९ कार्तिक ५, ०७:५१ खबर संवाददाता

धनगढी: धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। उपमहानगरपालिका–४ बसपार्कबाट अवैध लागुऔषधसहित २२ वर्षीय अर्जुन विक भनिने कृष्ण विक पक्राउ परेका हुन्।

बाँकेको कोहलपुर नगरपालिका–१२ शान्तीटोल बस्ने बिकलाई शुक्रबार साँझ प्रहरीले ७ मिलिग्राम ब्राउनसुगर र ३ ग्राम ६ सय ३० मिलिग्राम गाँजासहित पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट धनगढीबाट खटिएको प्रहरीले ना.७ ख ६०४८ नम्बर बसलाई जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारी सोही बसका सहचालक अर्जुनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस