कैलालीमा एक पुरुष मृत फेला
२०७९ कार्तिक ५, ०७:१८
धनगढी: कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको टीकापुर नगरपालिका-१ एकतानगर बस्ने ६५ वर्षीय रमेश टमाटा आफ्नै घरको कोठामा मृत फेला परेका प्रहरीले बताएको हो।
उनी शनिबार मृत फेला परेका र उनको मृत्युको कारण भने नखुलेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस